त्रिशूली अस्पताललाई आइसियू श्यया हस्तान्तरण



त्रिशूली,  जेठ (रासस)  जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ ।

बचत तथा ऋणको सेवा पु¥याउँदै आएका सहकारीको छाता संस्था सङ्घलाई सो कार्यका लागि ‘नेपाली इन ओकायामा जापान’ नामक संस्थाले पनि सहयोग गरेको जनाइएको छ ।

सङ्घ अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार हस्तान्तरित ती उपकरणको मूल्य १८ लाख रहेको छ ।अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले

अस्पतालमा हाल आइसियू श्यया ११ पुगेको छ भने भेन्टिलेटर छ जडान गरिएको छ ।

अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ । पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार