कोहलपुर : जुम्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर ६ रावतबाडाका गाउँले नै बिरामी भएका छन् । विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण गाउँलेहरु नै थला परेका हुन् ।
तर स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको स्थानीयले गुनासो गरेका छन् । करिब पाँचदिनदेखि गाँउलेहरुमा समस्या देखिन थालेको युवा बरमराज कामीले जानकारी दिए । उनका अनुसार गाउँलेहरुमा कोरोनासँग मिल्दोजुल्दो समस्या देखिएको छ ।
उनले भने,‘ विगत करिब पाँच दिनदेखि समस्या देखिन थालेको ३५ जना जति रहेका छन् । वडा कार्यालयलाई भनेका छौँ । प्रक्रिया थाल्छौँ भनेका छन् । खै गाउँमा समस्या भइसक्यो ।’
एकसातादेखि उक्त गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य रहेका छन् । सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन् । उक्त गाउँमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए ।
तर स्थानीय तहले समय मै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिने सम्भावना बढेको छ । बिरामी पर्नेमा ४ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् । उक्त गाउँमा ५३ घरधुरी रहेका छन् । ती मध्ये आधा भन्दा भन्दा बढी घरधुरी प्रभावित छन् ।
गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी ज्वरो आउने, खाना नरुज्ने, पालतो दिसा हुने हुने लगायतका समस्या लक्षण देखिएको छ ।
वडा नम्बर ६ का अध्यक्ष बिशाल खड्काले आफूहरुले गाउँहरुको अवस्था बारे जानकारी दिने काम भएको जानकारी दिए ।उनले वडा नम्बर ६ को रावतबाडामा करिब चार दर्जन भन्दा बढीमा कोरोनासँगको लक्षण देखिएको उनले बताए । ‘म दिउँसो ग गाउँमा गएको थिए ।
पीसीआर परिक्षण गर्ने तयारी गरिने छ । ४६ जनाको नामावली तयार गरिएको छ । पहिलो चरणमा ३० जना हुन्छ होला । त्यसपछि अवस्था हेरेर परिक्षण हुन्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।










प्रतिक्रिया दिनुहोस्