दाङमा सर्पले टोक्दा एक युवकको मृत्यु



दाङ ।

दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।

डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार