30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

किसानका समस्या समाधान गर्न माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

किसानहरुलाई समयमै मल तथा बिउ बिजन उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

खेतीपातीको सिजन शुरु हुन थालेसँगै किसानहरुलाई आवश्यक बस्तुहरु समयमै उपलब्ध गराएर किसानहरुको उत्पादन बढ्ने भन्दै समयमा मल तथा बीउ बिजनको व्यवस्थापनसँगै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र इन्सेक लम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले शुक्रबार लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विजय बहादुर यादवलाई ज्ञापन पत्र बुझाउँदै समयमै कृषि बस्तुको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका हुन् ।

No photo description available.

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     1:20:25 PM  |