रूपन्देही, जेठ(रासस)
प्रेस चौतारी रूपन्देहीले निषेधाज्ञामा पनि समाचार सङ्कलन तथा सम्पादनमा खटिएका पत्रकारलाई राहतस्वरूप चाम, दाल, नून, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको जिल्ला संयोजक अमृत गिरीले जानकारी दिनुभयो ।
बुटवल, भैरहवा, मर्चवार, लुम्बिनी, देवदह, सैनामैना लगायतका क्षेत्रमा क्रियाशील चौतारीका सदस्यलाई घरमै पुगेर सामग्री दिइएको हो ।
“कोरोना महामारिका कारण लामो समयदेखि पारिश्रमिक नपाएका तथा आर्थिक अवस्था कमजोर भएका पत्रकारलाई घरमै पुगेर सामग्री वितरण गरेका छौँ”, संयोजक गिरीले भन्नुभयो । पहिलो चरणमा ५० सञ्चारकर्मीलाई राहत वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका पुर्व अध्यक्ष मोहन चापागाईको नेतृत्वमा राहात सामग्री सङ्कलन गरी जिल्लाका विभिन्न ठाउँमा पुगेर वितरण गरिएको थियो । सो अवसरमा चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्यले नागरिकलाई भयभित गराउने नभई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्