सी जिन पिङ सँग राष्ट्रपति विद्यादेवी भण्डारीको पौने घण्टा टेलिफोन संवाद



काठमाडौं :महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् ।

/fi6«klt ;L zLtn lgjf;df
sf7df8f}F, @% c;f]h -/f;;_
rLgsf /fi6«klt ;L lrglkmªnfO{ /fi6«klt lgjf; zLtn lgjf;df zlgaf/ ;fFem :jfut ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /f]zg ;fksf]6f

अहिले केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको एक वर्ष को बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले नेपाल प्रेसलाई बताए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी छन् ।

नेपाल भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राखेको बताइन्छ ।

नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद समेत दिइन् ।

टेलिफोन संवादका क्रममा राष्ट्रपतिले चिनियाँ समकक्षी सीको अघिल्लोपटक भएको नेपाल भ्रमणको स्मरण गर्दै महामारी नियन्त्रणमा चीनले हासिल गरेको सफलता अनुकरणीय भएको उल्लेख गरिन् । @nepalpress

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार