
A man speaks on the phone as a doctor tries to revive his wife inside an emergency ward of a government-run hospital, amidst the coronavirus disease (COVID-19) pandemic, in Bijnor district, Uttar Pradesh, India, May 11, 2021. REUTERS/Danish Siddiqui
भारतमा पछिल्लो २४ घण्टामा दुई लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। ४२ दिनपछि मंगलबार संक्रमितको संख्या दुई लाख भन्दा कम भएकोमा आज २ लाख ८ हजार ९२१ जनामा संक्रमण देखिएको हो।
यस्तै, एकैदिन ४ हजार १५७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख २२ हजार ३८८ जनाको मृत्यु भइसकेको छ। भारतमा नयाँ संक्रमितको संख्यामा कमी आएर संक्रमण मुक्त हुनेको संख्या बढेपनि दैनिक मृत्यु हुनेको संख्या ४ हजार आसपास रहँदै आएको छ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ लाख ९५५ जना संक्रमण मुक्त भएसँगै सक्रिय कोरोना संक्रमितको संख्या २४ लाख ९५ हजार ५९१ पुगेको छ। भारतमा हालसम्म २ करोड ७१ लाख ५७ हजार ७९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ।









प्रतिक्रिया दिनुहोस्