प्रेस सेन्टरको अध्यक्षमा धिताल



कोहलपुर, २० साउन
प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा डक्टप्रसाद धिताल चयन भएका छन् । बिहीबार सम्पन्न एकता भेला तथा तेस्रो जिल्ला सम्मेलनले धितालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षत्रय आलम खान, केशव राना र कृष्ण ओली रहेका छन् । त्यस्तै सचिवमा संगिन शर्मा, सहसचिवमा विद्या चौधरी र कोषध्यक्षमा तिलक नेपाली रहेका छन् । सदस्यहरुमा विपिन खड्का, सुवास गुप्ता, सुदिप लामीछाने, सरिता पुन र राजकुमार चौधरी रहेका छन् । बाँकी ३ जना सदस्य पछि थप गरिनेछ । यस्तै यसअघि भएको उद्घाटन समारोहमा अग्रज ६ जना पत्रकारहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा नरेन्द्र जंग पिटर, शुसिल शर्मा (लामीछाने), भिम रावत, सिराज खान, चिरञ्जिवी वली र शिव सुनार छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं. ५ इन्चार्ज सचिन रोकाले पत्रकारितामा भएका विकृतीहरुलाई हटाउँदै सन्तुलित र विश्वसनीय समाचार मात्रै प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक झलक गैरे, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष रुद्र सुवेदी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अंकल बहादुर बम, नविन शर्मा, नरेन्द्र पाण्डे, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिम किरण बोगटी, लगाएतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन २१ गते शुक्रबार