बाँके । (टिपिओ नेपाल) द्वारा बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मानव अधिकार संरक्षण तथा पवद्र्धन केन्द्र (हुरिपप) का अध्यक्ष आलम खानको समन्वयमा टिपिओ नेपालले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई पिपिई किट, सेनिटाइजर, फेसशिल, गावन, डिजिटल थर्मामिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको टिपिओ नेपालका मनोविमर्शकर्ता कर्णराज रिमालले बताए ।
उनले कोभिड न्यूनिकरणमा केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको प्रयासमा गैरसरकारी संस्थाको पनि उत्तिकै भूमिका हुने भएकोले स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हाम्रो सहयोग थोरै भए पनि यसले बाँकेमा विद्यमान कोरोना समस्या समाधान गर्न सहयोग पुग्ने आशा गरिएको छ,’ उनले भने ।
कोरोना न्यूनिकरणमा हातेमालो गर्न स्वास्थ्य सामग्रीका लागि पहल गरिएको हुरिपपका अध्यक्ष खानले बताए । उनले एक एक थोपा पानी मिलेर समुद्र बनेझैँ सानो सानो सहयोगले धेरै राहत दिन सक्छ भन्ने हाम्रो बुझाई हो,’ उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डाक्टर धवल शम्शेर राणालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । भने हस्तान्तरण कार्यक्रम्ा नेपालगञ्ज ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, स्वास्थ्य संयोजक राम बहादुर चन्द, अधिवक्ता बसन्त गौतम, राप्रपाका युवा नेता रबि बर्मा लगायतको उपस्थिति रहेको थियो ।
यस्तै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उप मेयर संजु कुमारी थारु, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष हेमन्त बिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्