चर्चित बलिउड गायिका श्रेया घोषाल आमा बनेकी छन्। श्रेयाले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन्।
श्रेयाले शनिबार आफू आमा बनेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरुले श्रेयालाई आमा बनेकोमा बधाई दिएका छन्।
गायिका नीति मोहन, गायक तथा संगीतकार शेखर रवजियानीलगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
श्रेयाले गत मार्चमा आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन्। श्रेयाले सन् २०१५ फेब्रुअरी ५ मा प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन्।
प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्