सल्यानमा मास्क नलगाए एकसय र अनुमतिविना सवारी चलाए ५ हजार जरीवाना



सल्यान ।

सल्यानमा अब कोही कसैले मास्क नलगाएर हिड्डुल गरे र अनुमतिविना सवारी चलाए जिल्ला प्रशासनले जरीवाना गर्ने सुचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सोमबार एक सुचना जारी गर्दै विश्वभर महामारीको रुपमा फैलिएको कोभिड‐१९ को संक्रमण नेपालमा तिव्र रुपमा फैलिरहेको र त्यसलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालयले जेठ १६ सम्म निषेधाज्ञा जारी गरेको अबस्थामा बिना काम मास्क नलगाई हिड्डुल गरेमा प्रतिव्यक्ति प्रतिपटक १०० रुपैयाँ जरीवाना गर्ने जनाएको छ ।

यस्तै अनुमतिविना या सुरक्षा निकायलाई जानकारी नदिई २ पांग्रे सवारी साधन चलाएमा प्रत्येकपटक २ हजार र अन्य सवारी साधन चलाएमा ५ हजार जरीवाना गरीने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्धारा शोमवार जारी सुचनामा जनाइएको छ ।

हेर्नुहोस्

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार