बाँकेमा रहेका विभिन्न अस्पतालका ५८ कोभिड बेडहरु खाली भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भरिभराउ भएका जिल्लाका कोभिड बेडहरु पछिल्लो समय खाली हुँदै जान थालेका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिृकत नरेशबाबु श्रेष्ठले सोमबार दिउँसो २ बजेसम्म विभिन्न अस्पतालहरुमा ५८ बेडहरु खाली रहेको जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा ११, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९, वेस्टर्न अस्पतालमा १३ (सर्जिकल बेड) र युनाइटेड अस्पतालमा ५ कोरोना संक्रमितको उपचार गर्ने बेड खाली रहेका छन् ।
पछिल्लो समय गम्भीर खालका कोरोना संक्रमितको संख्या घट्दै जान थालेपछि अस्पतालहरुमा कोभिड बेडहरु खाली हुँदै गएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार










प्रतिक्रिया दिनुहोस्