ओलीले बोलाए एमालेको स्थायी कमिटि बैठक



काठमाडौँ ।

नेकपा एमालेको स्थायी कमिटि बैठक आज (सोमबार) बस्दै छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साेमबार दिउँसो ४ बजेका लागि स्थायी कमिटिको बैठक डाकेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका ११ जना नेताहरुबारे आवश्यक निर्णय हुने छ।

माधवकुमार नेपाल समूहले विपक्षीहरुसँग मिलेर ओली नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेका बेला एमालेको स्थायी कमिटि बैठक बस्न लागेको हो।

यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको अभियोगमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना सांसदहरुलाई स्पष्टिकरण सोधिएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार