नेपालगञ्ज ।
बाँके जिल्लामा थप ७ दिन निषेधाज्ञा बढाईएको छ। बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ।
वैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पटकपटक गरी पछिल्लो पटक जेठ १० गते राती १२ बजेसम्म निरन्तरता दिइएकोमा अब जेठ १७ गते राति १२ बजेसम्म लम्ब्याइएको हो।
आइतवार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा आगामी जेठ १७ गते राती १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।
नेपालगन्ज उप-महानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो।
बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना तयार गरी समन्वयत्मक रुपले परिचालित हुने निर्णयसमेत गरेको छ।
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार









प्रतिक्रिया दिनुहोस्