प्रधानमन्त्री ओलीले भने, माधव नेपाल गुटले तमासा गर्‍यो



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल गुटले तमासा गरेर पार्टी फुटाउन खोजेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“माधव नेपाल गुटले तमासा गर्‍यो । पहिले कांग्रेसमा छत्तिसे र चौहत्तरे थिए, अहिले त्यस्तै देखिँदैछ,” उनले भने, “पार्टी फुटाउनै छ भने सफल हुन दिँदैनन् । विश्वासको मत लिन्छु भनेर संसद् आह्वान भयो ।

त्यसपछि माओवादीले समर्थन फिर्ता लिएँ भन्यो । माओवादीले समर्थन फिर्ता लिएपछि एक दलको मात्रै सरकार बन्यो ।”

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ९ गते आइतबार