बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेस नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको आलोचना गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार