गजल



– लक्ष्मण आचार्य
अचेल यो हावा चल्छ अर्कै अर्कै गरी
दिन बित्छ रात ढल्छ अर्कै अर्कै गरी

मिठो बोली तितो पारी आँखा तन्काउँछौं
तब मेरो छाती जल्छ अर्कै अर्कै गरी

सपना मेरा सपनामै सीमित भए
समयले पनि छल्छ अर्कै अर्कै गरी

घामले हिउँ पग्लाए झैं तिमीलाई देख्दा
तन्नेरीको मन गल्छ अर्कै अर्कै गरी

आफ्नो त जिन्दगी खडेरीले नाश ग¥यो
कसैको चै भाग्य फल्छ अर्कै अर्कै गरी

– कैलाली, हाल कोहलुपर, बाँके

  • No tags available
प्रकाशित मिति : २०७३ साउन ८ गते शनिबार