फरार प्रतिवादी पक्राउ



कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका १ चिसापानीका २९ वर्षीय ललित कुमार सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका सार्कीलाई जिल्ला अदालत बाँकेले २०७२ साल चैत्र २ गते १८ दिन कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीकाअनुसार अदालतले कैद र जरिवानाको फैसला गरेपछि उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले मंगलबार पक्राउ गरेर आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।

पछिल्लो समययता मात्र बाँके प्रहरीले ५७५ जना फरार अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ । यो अभियान अझै जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २२ गते बुधबार