कोहलपुर ।
बाँकेको कोहलपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलीले कटुवा पेस्तोलसहित जनालाई पक्राउ गरेको हो ।
दुई भारतीय नागरिकसहित तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
कोहलपुर–१० हाइस्कूल चोक नजिक पैदल हिडिरहेको अवस्थामा पक्राउ पर्नेमा भारत बहराइच बाबागञ्जका २० वर्षिय महताप्रसाद खटिक र नकछेद पासी र कोहलपुर नगरपालिका वडा नं १४ का ३२ वर्षिय सुरज लामिछाने रहेका छन् ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र गोली एक थान बरामद गरिएको डिएसपी खनालले जानकारी दिए । ‘विशेष सूचनाका आधारमा जाँच गर्दा खटिकले कम्मरमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरिएको हो’ उनले भने, ‘यसबारे हामीले थप अनुसन्धान अगाडि बढाएका छौं ।’









प्रतिक्रिया दिनुहोस्