६४ औं सहकारी दिवस, साढे २ सयद्धारा रक्तदान



कोहलपुर ।

बाँकेमा ६४ औं सहकारी दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम भइरहेको छ । दिवसको सन्दर्भमा मंगलबार ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बैजनाथमा कुल ८४ जना महिला र पुरुषहरुले रक्तदान गरेका थिए ।

बुधबार कोहलपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ७० रक्तदान गरेका हुन् । बैजनाथ र कोहलपुर गरी दुई दिनमा कुल २ सय ५४ जनाले रक्तदान गरेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले बताए । उनका अनुसार संघले बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

दिवस कै सन्दर्भमा दुई वटा पालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । यस्तै बहुउद्देश्यीय जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष अविरल खड्काका अनुसार आज कोहलपुर पार्टी प्यालेसमा सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम गरिनेछ । उनले आगामी चैत १४ गते नेपालगञ्ज उप–महानगरपालिका, १७ गते बैजनाथ, १८ गते खजुरामा सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम हुने जानकारी दिए ।
यसैगरि चैत १५ गते स्थानीयसँग अन्र्तक्रिया, चैत १९ गते पालिकास्तरीय सभा, सहकारी तथा राष्ट्रिय झण्डा फरफराउने र चैत २० गते ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम रहेको छ । नेपालको सहकारी अभियान चितवन जिल्लामा वि.स. १०१३ साल चैत्र २० गते बखानपुर ऋण सहकारी समितिको स्थापना भई सुरुवात भएका हो । सो दिनको सम्झनामा एक हप्तामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । बाँकेका ४ सय ९ सहकारी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १२ गते बिहीबार