– देबकी निरौला
कसैको सास सँग खेलिरहेछ
कसैको लास सँग खेलिरहेछ
बुझ्दैछौ समय कति निर्दयी छ
सबैको विश्वास सँग खेलिरहेछ
दुनियालाई बडो चुनौती दिदै
धत्र्ती र आकाश सँग खेलिरहेछ
बगाउँदै कहिले जलाउँदै आगो
पानी र बताससँग खेलिरहेछ
कहिले न हुने तर कहिले हुने
आश र निराशसँग खेलिरहेछ
– बाल कृष्ण रावत
सानो हुँदा खाना, खाएन भनी रोएँ
ठुलो भयो खाना दिएन भनी रोएँ
बुबा आमाको माया छोराछोरी माथि
आज उसैले सम्झिएन, भनी रोएँ
कहिले मर्लान् र मार्लान् भन्ने डर
किन दैवले छिट्टै लिएन भनी रोएँ
दया मायाको भिख माग्नु पर्ने हो र?
के मातृत्वको मूल्य थिएन ? भनी रोएँ
अधिकार मात्र खोज्ने कर्तव्य बिर्सने
किन ऊ अझै सप्रिएन भनी रोएँ ।
प्रकाशित मिति : २०७३ असार २५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्