कोहलपुर ।
बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विश्व श्रवण दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनले हरेक महिनाको मार्च–३ लाई विश्व श्रवण दिवसको रुपमा मनाउँदै आएको छ । 
सोही अनुसार बुधबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरले समेत दिवस मनाएको हो । शिक्षण अस्पतालका का नाक ,कान,घाँटी बिभागका प्रमुख एवम बिज्ञ प्रा.डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा सो अस्पताल परिवारले जनचेतनामुलक ¥यालीको आयोजना गरी मनाएको छ ।
सो ¥याली सोही अस्पतालमा कानको शल्यक्रिया गरेका एक बिरामी एंव सो संस्थाका ब्यबस्थापकीय निर्देशक डा सुरेश कुमार कनोडियाबाट संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
‘कानको सुरक्षा गरी श्रवण क्षमताको रक्षा गरौं ,आफ्ना बालबालिकालाई मोबाइल आदि बाट टाढा राखौं ,कानको हेरचाह गरौं,कानमा तेल नराखौं आदि जनचेतनामुलक प्लेकार्ड बोकेका अस्पतालका पदाधिकारीहरु,चिकित्सक ,कर्मचारी एवम चिकित्सा तथा नर्सिङ बिद्यार्थीहरु अस्पताल प्रांगण देखि कोहलपुर सम्म पुगि फर्किएका थिए ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दाहरुलाई विशेषज्ञ सेवा प्रदान गरेको सो मेडिकल कलेज शिक्षण अस्पतालले प्रादेशिक सरकारहरु सँगको सहकार्य्मा स्थलगत रुपमा ती जिल्लाहरुमा कान सहितका विभिन्न सल्यसेवाहरु प्रदान गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्