संघर्ष दलित महिलाको स्थापना दिवस



कोहलपुर ।

संघर्ष दलितं महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ स्थापना दिवस सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बीच सहकारीको १४ औँ स्थापना दिवस सम्पन्न भएको हो । सहकारीको स्थापना दिवसको अवसरमा वित्तीय शिविर तथा समिक्षा कार्यक्रम गरिएको थियो । उक्त अवसरमा बोल्दै दलित गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनारले सहकारी महिला शसक्तिकरणको माध्यम रहेको बताए ।

उनका अनुसार संघर्ष दलित महिला सहकारीले समाजमा उत्पिडित वर्गको उथ्यानको लागि काम गरिरहेको उनको भनाइ छ । स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सम्पूर्ण दलित महिला एकजुट भएर सहकारी सञ्चालन गर्नु एकदमै राम्रो हो । ‘यो पनि समान्तकृत समुदायको आवाज हो ।यसलाई अझै शसक्त बनाउनुपर्छ । त्यसको लागि हामी सबै एकजुट जानुको विकल्प छैन । महिलाको आर्थिक उन्नती नै हाम्रो लक्ष्य हो ।’ उनले भने । उक्त अवसरमा बोल्दै कोहलपुर नडा नम्बर ११ का वडा सदस्य हरिकला सुनारले महिलाहरुको नेतृत्वमा सहकारी सञ्चालनमा आउनु राम्रो कुरा हो ।

दलित समुदायका महिलाहरुको अहिले पनि चुलौचोकोमा सीमित भइरहेकोले उनीहरुको आर्थिक शसक्तिकरण अहिलेको आवश्यक रहेको दलित महिला सदस्य सुनारको भनाइ थियो । यस्तै उद्घाटन सत्र समापनमा बोल्दै सहकारीका अध्यक्ष सितला परियारले देशले अधिकारको लागि संघर्ष गरिरहेको बेला आफूहरुको दलित महिलाहरुको संघर्षको लागि आवाज उठाउँदै आएको बताइन् । उनका अनुसार सहकारीले १४ औँ वर्षमा प्रवेश गरुञ्जेल थुप्रै चुनौतीहरुको सामना गर्नुको गरेको उनले बताइन् ।

‘देशमा आन्दोलनमा थियो । हामी दलित महिला एकजुट हुनुपर्छ भनेर नागरिकता संकलन गदैथियौ । धौधौ गरी २५ जना जम्मा भए । अहिले २१ सय सदस्य संख्या पुगेको छ ।अझै पनि दलित महिलाको हितको लागि परेका छौ । ’ उनले भनिन् । सहकारीले महिला अधिकार, महिला साक्षरता तथा महिलाहरुको शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् । उक्त अवसरमा संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्दै सहकारीका प्रमुअ व्यवस्थापक तुलसी सुनारले आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्म कुल कारोबार ९ करोड ३५ लाख ६ हजार ७ सय ४४ रुपैयाँ ५९ पैसा रहेको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार