नेपालगन्ज ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको स्थापना दिवस तथा साधारण सभा सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच केन्द्रले यस वर्ष फरक तरिकाले दिवस तथा सभा मनाएको हो । सभाको उदघाटन सत्र भेरी अस्पताल परिसरभित्र सञ्चालित अञ्जनी माता रसोईमा गरिएको थियो । उक्त रसोइमा दैनिक करिब तीन सय जनाले २० रुपैयाँमा खाना खाने गर्दछन् ।
परोपकारी कार्यलाई प्रबद्र्धन गर्न, र अस्पतालका गरिब असहाय विरामी तथा मजदुरलाई पेटभरि खाना खुवाउने कार्यलाई दीर्घकालीन बनाउन संस्थाले होटेल रेष्टुरेन्टमा तिर्ने रकम रसोईलाई उपलब्ध गराएको छ ।संस्थाले सात हजार नगद् सहयोग पनि गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्सेर राणाले गरेका थिए । उक्त अवसरमा बोल्दै उनले सूचनाको हक र सुशासनका क्षेत्रमा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले संस्थालाई परोपकारी कार्यलाई थप शसक्त रुपमा अघि बढाउनु पर्ने आवश्यक रहेको बताए । सामाजिक कार्यहरुमा संस्था अब्बल देखिएको भन्दै उत्प्रेरित र हौसला प्रदान गर्ने किसिमको कार्यको शुरुवात निकै सह्रानीय समेत उनको भनाइ छ । यसैगरी मधेशी आयोगका सदस्य विजय गुप्ताले छोटो समयमा संस्थाले सञ्चालन गरेको विभिन्न नागरिक अभियान सफल रुपमा उपलब्धीपुर्ण भएको जानकारी दिए ।
पुर्वसभासद मोहम्द्दी सिद्दिकीले संविधानले मौलिकको रुपमा व्यवस्था गरेको नागरिकसंग प्रत्यक्ष जोडिएका अधिकारहरुको कार्यन्वयन गर्नमा सशक्त आवाज उठाएको बताएका थिए । यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिवेदन अनुमोदन
गरेको छ ।
यसैगरि सभामा संस्थाले निर्माण गरेको ३ वटा नया निति निर्देशिका र दुई नीतिलाई संशोधन र वार्षिक रुपमा समिक्षा गरिएको रणनीतिक कार्ययोजनालाई समेत अनुमोदन गरेको छ । सभाले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समिक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनीति निमार्ण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्