कोहलपुर
कोहलपुर नगरपालिकामा डोजो उद्घाटन तथा एडभान्स ट्रेनिङ्ग सेमिनार कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय गुजोरियो कराँते दो संघ नेपालको आयोजनामा दुई दिने सेमिनार सम्पन्न भएको हो । उक्त कार्यक्रम कोहलपुर बागेश्वरी इंगिस मेडियम स्कूलमा सम्पन्न भएको थियो । समापन कार्यक्रमका राष्ट्रिय गुजोरियो कराँते दो संघ नेपालका अध्यक्ष प्रमुख अतिथि गणेश केसी थिए ।
उनले खेलाडि राष्ट्रको गहना भएको भन्दै खेलमा क्षेत्रमा लाग्ने प्रेरित गरे । युवाहरुमा खेलको राम्रो सम्भावना रहेको समेत उनले बताए । देशभर छरिएर रहेका प्रतिभाहरुलाई समेट्ने उद्देश्यले राष्ट्रिय गुजोरियो कराँते दो संघ स्थापना भएको उनको भनाइ थियो ।
कार्यक्रमका सहभागी यज्ञ जैशीले पनि कोहलपुर क्षेत्रमा राष्ट्रिय गुजोरियो कराँतेमा विद्यालय स्तरका बालबालिकाहरुको आषर्कण बढ्दै गएको बताए । उनका अनुसार यसमा विद्यालय स्तरका बालबालिका तथा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । खेल खेल्ने मात्रै नभई अन्य प्रेरणादायी कुराहरु समेत आवश्यक हुने उनको भनाइ छ । सोही कारण कोहलपुरमा एडभान्स ट्रेनिङ्ग सेमिनारको आयोजना गरिएको जानकारी दिए । समापन कार्यक्रममा २ सय पचाँस जनाको सहभागिता रहेको यिथो ।









प्रतिक्रिया दिनुहोस्