सुजाता स्मृति फुटबल, न्यू डाँफे पनि फाइनलमा



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोट्स क्लब खजुरा पनि फाइलनमा प्रवेश गरेको छ ।

आइतबार फाइनल प्रवेशका लागि भएको खेलमा न्यु डाँफेले एपिएफ ५ नम्बर प्रदेशलाई पेनाल्टी सुटआउटमा (३–०)गोल अन्तरले पराजित गर्दै आयोजक ‘ए’सँग उपाधि भिड्न पक्का गरेको हो ।

आइतबार कोहलपुरको १३ विगाहस्थित खेल मैदानमा भएको खेलमा दुवै टिमले निर्धारित समयसम्म बराबरी खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउट मार्फत नतिजा निकालियो । आयोजक रेसिङ्ग साहारा युवा क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइलन फागुन चार गते हुने आयोजक क्लबका अध्यक्ष यज्ञ महराले जानकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । प्रतियोगिता फागुन ४ गते सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार