आज लुम्बिनीमा सार्वजनिक विदा



कोहलपुर 

प्रदेश स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशभर सार्वनजनिक विदा दिइएको छ । स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा सार्वजनिक विदा दिइएको हो । प्रदेश सरकारको मन्त्रीपरिषद् २०७७ बैशाख १ गतेको निर्माण अनुसार फागुन ३ गते अर्थात आज विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले जाकारी दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत देविराम पाठकका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको हो । स्थापना दिवसको अवसरमा स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । यसअघि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम अस्थायी मुकाम बुटवलमा हुँदै आएको थियो । तर यसपटक स्थापना दिवस कै अवसरमा आज प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा कार्यक्रम हुँदैछ ।

दिवस कै कार्यक्रम अन्तर्गत आइतबार समृद्ध प्रदेश खुशी जनता भन्ने शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै रक्तदान तथा सरसफाई कार्यक्रम गरिएको मन्त्रालयले जनाएको हो । यस्तै प्रदेशभर दिपावली कार्यक्रम भएको मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिए । ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ । स्थापना दिवस मूल समारोहमा प्रदेश सरकारले वितरण गर्दै आएको विभिन्न पदक पनि प्रदान गरिदै छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार