कोहलपुर नगरपालिकाको प्रमुख नारा छ, विकास र समृद्धि । जुन नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेको छ । जिल्लाको एकमात्र नगरपालिकाका रुपमा रहेको कोहलपुर तीव विकासको चरणमा छ । वर्षेनी विकासमा राम्रो मारिएको फड्को कोहलपुरमा ठूला आयोजनाहरु समेत निर्माण हुदैछन् । कोहलपुर नगरपालिका १० वटा भन्दा बढी गौरवका आयोजनाहरु समेत निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षमा समेत केही योजनाहरु निर्माणको चरणमा छन् । कोहलपुरले गौरवको आयोजनाको रुपमा परिभाषित गरेका भ्यू टावर लगायतका अन्य संरचनाहरु निर्माणको क्रममा छन् । यस्तै अन्य साना तथा टुक्रे योजनाहरु नियमित निर्माण भइरहेका हुन्छन् । यहाँका १५ वटै वडामा ती संरचनाहरु निर्माण समेत भइरहेका हुन् ।
वडामा विभिन्न बाटो, कच्ची सडक, नाला, भौतिक संरचना उपभोक्त समिति मार्फत वडाहरुले निर्माण गरिरहेको वडा कार्यालयहरु बताउँछन् । कोहलपुरको केन्द्रको रुपमा रहेको वडा नम्बर ११ यहाँको सबैभन्दा बढी विकसित वडा हो । नगरपालिकाको केन्द्रमा रहेकोमा समेत यहाँका तुलनात्मक रुपमा अन्य प्रदेश भन्दा बढी विकास भइरहेको छ । यस्तै नगर विकास समितिले यस वडालाई टाउन प्लानिङ क्षेत्रका रुपमा विकास गरिरहेको अवस्था छ । नगर विकास समितिले यहाँका क्षेत्रमा विद्युत र सडक विस्तारलाई मुख्य प्राथमिकताका रुपमा लिएर विकास गरिरहेको छ । यस क्षेत्रका बाटाघाटा, नालीहरु निर्माण, कालोपत्रे, पीच गर्ने काम समेत भइरहेको छ ।विकास हुनु स्वाभाविक र आवश्यक कुरा हो । तर विकास गुणस्तरयुक्त भयो या भएन भन्ने कुरा प्रमुख हो । त्यसैले हरेक क्षेत्रमा हुने विकास गुणस्तरयुक्त र मापदण्ड अनुसार हुन जरुरी छ ।
यहाँको प्रमुख समस्या भनेकै गुणस्तरीय संरचना निर्माण छ । नगर क्षेत्रमा हुने विकासमा मापदण्ड र गुणस्तरको न्युनतम प्रयोग समेत हुने गरेको पाइदैन । फलतः कोहलपुरमा बारम्बार विकासमा जिम्मेवारहिनता रहेका गुनासो आइरहन्छ ।यस्तै समस्या कोहलपुर ११ को कोहलपुर मावि क्षेत्रमा देखिएको छ । त्यहाँ सडक पीच गर्दा निर्माण व्यवसायीले मनोमानी गरेका छन् । त्यहाँ सडक पीच गर्दा अलकत्रा समेत प्रयोग गरिएको छ । मध्यरातमा गुणस्तरहीन काम गरेको भन्दै त्यहाँका स्थानीयले कारबाहीको माग गरेका छन् । निर्माण व्यवसायीले नगरविकास समिति र साइट हेर्ने सुपरभाइजरका साथै स्थानीयहरुको आग्रहलाई अटेरी गरी काम गरेको पाइएको हो । दीर्घकालीन विकासको रुपमा रहेको सडक पीच गर्दा बदमासी भएको पाइएको छ । त्यसैले त्यस्ता संरचना निर्माण गर्नेलाई कारबाही गर्नुपर्ने माग उठेको छ । समृद्ध नगरको नारा बोकेको कोहलपुरमा बारम्बार हुने गरेका यस्ता गतिविधि रोक्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्