सम्पादकीय : बढ्दो बलात्कारका घटना



नेपालमा बलात्कारका घटना बढ्दै गएका छन् । पछिल्लो महिला तथा बालबालिका माथि हुने बलात्कारका घटना बढ्दै गएका हुन् । नेपालमा पछिल्लो समय यो समस्या निकै जटिल बन्दै गएको छ । वर्षेनी यो संख्या घट्नुको साटो बढ्दो क्रममा छ । त्यसैले नेपाली समाजमा गम्भीर विकृतिका रुपमा बलात्कार जस्तो जघन्य अपराध बढ्दो क्रममा छ । पछिल्ला केही वर्षको तथ्यांक हेर्दा समेत नेपालको अवस्था निकै कहाली लाग्दो अवस्थामा छ । तथ्यांक भन्छन्, नेपालमा एकदिनमा सात जना महिला तथा किशोरी बलात्कृत हुन्छ ।

ती मध्ये कम्तीमा एक जनाको बलात्कारपछि हत्या हुन्छ । प्रत्येक कुनै नै कुनै रुपमा महिलाको मृत्यु भएकै हुन्छ । त्यसैले अहिले पनि महिलाहरु सुरक्षित हुन सकिरहेका छैनन् । उनीहरु सबै भन्दा धेरै चिनेजानेहरुबाटै असुरक्षित छन् । नेपालमा जति पनि बलात्कारका घटना हुने गरेको छन् , त्यसमा सबै भन्दा धेरै संलग्नता आफन्तहरुको नै देखिएको छ । आफ्नै बाबाबाट पनि किशोरी बलात्कृत हुनु भनेको निकै जटिल अवस्था हो ।त्यसैले यस्तो समस्या समाधानको लागि सरकारको ध्यान जान जरुरी छ । तीन वर्ष देखि ७० वर्ष सम्म बृद्धा समेत बलात्कारको सिकार भएका छन् । पछिल्लो तीन वर्षमा सात हजार भन्दा बढी बलात्कारका घटना भएका छ । ती मध्ये ३ हजार त बालिका मात्रै छन् । पछिल्लो समय बलात्कारपछि हत्याका घटना बढीरहेका छन् ।

पछिल्लो समयमा बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । दुई वर्ष अघि एक १३ वर्षीया किशोरीको समेत बलात्कार पछि हत्या भएको थियो ।चार महिना पहिलो बझाङमा १२ वर्षीया बालिका पनि बलात्कारको सिकार भइन् । सुदूरपश्चिममा बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु निकै बढेको पाइएको छ । नेपाल प्रहरीको तथ्यांकमा समेत प्रदेश १ पछि सुदूर पश्चिममा बलात्कार घटना धेरै घटेका छन् । जुन वर्षेनी बढ्दो क्रममा छ । अन्य देशको अवस्था पनि यस्तै हो । अहिले देश नै आन्दोलित भएको छ । भागरथीको न्यायको लागि सबैले एकजुट हुनुपर्छ । बलात्कार बढ्दै गएकोले सरकारले न्यायलाई प्राथमिकता दिनैपर्छ । बलात्कृतहरुको न्यायको लागि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग छ । यसमा सरकारले सोच्नैपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार