नापी र मालपोत कोहलपुरमा ल्याउने निर्णय



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नापी, मालपोत र यातायात कार्यालयहरु कोहलपुरमा ल्याउनको लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आठौँ नगरसभाको बैठक मार्फत सेवाग्राहरीहरुको दैनिकीसँग जोडिएका सरकारी कार्यालयहरु कोहलपुरमा ल्याउनको लागि पहल गर्ने निर्णय गरिएको हो ।

कोहलपुर नगरपालिका नगर कार्यापालिकाका सदस्य दिलबहादुर परियारले तेस्रो बैठकले कोहलपुर नगरपालिकामा मालपोत, नापी र यातायात कार्यालय ल्याउनको लागि पहल गर्ने निर्णय गरेको पुष्टि गरे ।

यी कार्यालयको सेवा लिनको लागि कोहलपुर सहितका बाँकेका अन्य केही स्थानीय तहका नागरिकहरु नेपालगञ्ज जानुपर्ने बाध्यता छ । संघीयताको मर्म विपरित अझै पनि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्यको लागि कोहलपुर मै कार्यालय ल्याउनको लागि पहल गर्ने निर्णय भएको उनले सुनाए । ‘अहिले पनि कोहलपुर नगरपालिकाका नागरिक नेपालगञ्ज जान बाध्य छन् ।

यहाँका नागरिकलाई सास्ती भइरहेको छ । अहिले भोग्नु परेको समस्या समाधानका लागि कार्यपालिकाले निर्णय गरिसकेको छ । अब पहलकदमी शुरु हुन्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । कार्यपालिका सदस्य परियारका अनुसार इलाका प्रशासन कार्यालय पनि कोहलपुरमा भएकोले समेत जनताको जनजिविकासँग जोडिएका कार्यालय कोहलपुरमा हुन जरुरी छ ।

कोहलपुरमा ती कार्यालय ल्याइदाँ बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका नागरिकलाई समेत सहज हुने उनको भनाइ थियो । अहिले कोहलपुर नगरपालिकाले यातायात कार्यालयको लागि प्रदान गर्ने भनेको १३ विगाहाको जग्गा ट्रायलका लागि मात्रै प्रयोग हुँदै आएको छ । उनले कोहलपुरमा यातायात कार्यालय आउने भएमा मात्रै जग्गा प्रदान गर्न सकिने पनि बताए ।

नत्र ट्रायलको लागि मात्रै सधै जग्गा दिन सकिदैन । अन्य कार्यलयको लागि पनि कोहलपुरमा भौतिक संरचना प्रयाप्त रहेको बताए । यस्तै कोहलपुर नगरपालिकाको बेरुजु फस्र्योटको समेत निर्णय गरिएको छ ।कोहलपुर नगरपालिकामा १८ करोड बेरुजु रहेको छ ।

यस्तै नगरसभाले विभिन्न समसामयिक विषयमा समेत निर्णय गरिएको छ । यस्तै माघ १८ गते देखि २७ गतेसम्म तीन दिन बसेको बैठकले पाँच वटा विद्ययेक, तीन वटा नीतिहरु पास गरेको हो । माघ १८ गते बसेको आठौँ नगरसभाको पहिलो सभामा पाँच वटा विद्ययेक प्रस्तुत गरिएको थियो । पहिलो सभामा नगर प्रहरी विद्ययेक–२०७७ र अपांगता भएका व्यक्तिहरुको अधिकार, संरक्षण र प्रवद्र्धन सम्बन्धी विद्ययेक–२०७७,जलस्रोत उपयोग विद्ययेक– २०७७ र भौतिक पूर्वाधार विकास सम्बन्धि विद्ययेक–२०७७ र तथ्यांक तथा अभिलेख विद्ययेक–२०७७ पेस गरिएका थिए ।

माघ २५ गते बसेको सभाको दोस्रो बैठकले पाँच वटै विद्ययेक सर्वसहमतिमा पास ग¥यो । उक्त सभामा फेरी तीन वटा नीतिहरु पेस भए । सभामा प्रस्तुत भएका बाल संरक्षण नीति,स्वास्थ्य नीति र अपांगता भएका व्यक्तिहरुको नीति मंगलबार बसेको आठौँ नगर सभाको तेस्रो बैठकले पास गरेको कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक समितिका संयोजक दिलबहादुर परियारले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार