समाजमा अमनचयन कायम गर्ने लक्ष्य सुरक्षा निकायको रहेको छ । सुरक्षाको निकायको जिम्मेवारी देश र राष्ट्रियताको रक्षा गर्ने समेत हो । हाम्रो देश नेपालमा सुरक्षा प्रदान गर्नेको लागि विभिन्न सुरक्षा संगठनहरु विद्यामान छन् । त्यस्ता सगठनहरुको अवधारणा अनुसार नै नेपालको सुरक्षा नीति सञ्चालन हुदैछ । नेपाल जस्तो लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा जनताको सुरक्षालाई सर्वोच्च मानिन्छ । सोही अनुसार नै सुरक्षा अंगहरु सञ्चालन हुने गर्दछन् । ती सुरक्षा संगठन मध्ये एक हो, नेपाल प्रहरी । जो संगठन विश्व मै सबैभन्दा राम्रो सुरक्षा संगठन मध्ये पर्दछ । विश्वका ठुला ठुला युद्ध भएका मुलुकहरुमा गएर नेपालको प्रहरी,आर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विश्वमा नै चर्चित रहेको गोर्खाली नेपालको एक अन्र्तराष्ट्रिय ब्राण्ड हो ।
नेपाल प्रहरीले सिंगो देशको शान्ति, सु–व्यवस्था कामय गर्नको लगि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यो संगठन नेपालका दुरदराजसम्म आफ्नो उपस्थिति रहेको सुरक्षा निकाय पनि हो ।त्यसैले हरेक मानिसका दैनिकीसँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको छ । समाजमा भरपर्दो र प्रभावकारी सेवाको लागि नेपाल प्रहरीले विभिन्न खालका सुरक्षा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । समाजका हरेक बाटा र पाटाहरुमा प्रहरीको सम्बन्ध रहेको छ ।त्यसको लागि नेपाल प्रहरीले प्रहरी मेरो साथी, प्रहरी–समुदाय साझेदारी कार्यक्रम केही प्रतिनिधि उदाहरण हुन् । यस्तै लागू औषध, कुरिती, कु संस्कार, बेचविखन, सीमा सुरक्षा, अवैध कारोबार, गैरकानुनी गतिविधि नियन्त्रण यसका सीमा क्षेत्रहरु हुन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले यस्तै अभियानको शुरुवात गरेको छ ।स्वीप अभियानको नाम दिइएको उक्त अभियान फाुगन ५ गतेसम्म सञ्चालन हुनेछ ।अभियान माघ २१ गतेबाट सञ्चालन गरिएको हो । अभियानको मुख्य उद्देश्य लागू औषध नियन्त्रण, सामाजिक अनुशासन कायम गर्ने र चोरी डकैती कम गर्नुका साथै दैनिक रातीको सयमा हुने होसल्ला काम गरी शान्त कोहलपुर बनाउने हो । सोही उद्देश्य लिएर अभियान सुरु भएको कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट हो । यहाँ विभिन्न भूगोल र क्षेत्रका मानिसहरुको अधिकतम बसोबास रहेको छ । त्यसैले यहाँको शान्ति र सुरक्षा प्रहरी अभियानको मुल ध्याय हो । यसलाई सफल बनाउनको लािग सक्रियताका साथ लागिपरेको प्रहरीको भनाइ छ । अभियानका लागि भनेर कोहलपुरमा थप जनशक्ति समेत परिचालन गरिएका छन् । कोहलपुर प्रहरीमा केही साता अघि मात्रै यहाँको नेतृत्व परिवर्तन भएको हो । नयाँ नेतृत्व आएसँगै नयाँ अभियान सुरु हुनु राम्रो कुरा हो तर प्रहरीले आफ्नो अब्बलता देखाउने चूनौती पनि रहेको छ । त्यसैले यस्ता कुराहरुमा ध्यान दिएर अघि बढनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्