कोहलपुरको आठौँ नगरसभा, पाँच विद्ययेक पास, तीन नीति प्रस्तुत



शुभाकर विश्वकर्मा

कोहलपुर नगरपालिकाको आठौँ नगरसभाको दोस्रो बैठकले विभिन्न पाँच वटा विद्ययेक पास गरेको छ । आइतबार कोहलपुर नगरकार्यपालिकामा बसेको दोस्रो बैठकले आठौँ नगरसभाको पहिलो सभामा प्रस्तुत विद्ययेक सर्वसहमतले पारित गरेको हो । गत माघ १८ गते बसेको सभामा नगर प्रहरी विद्ययेक–२०७७ र अपांगता भएका व्यक्तिहरुको अधिकार, संरक्षण र प्रवद्र्धन सम्बन्धी विद्ययेक–२०७७ पेस गरिएको थियो ।

यसैगरी उक्त सभामा जलस्रोत उपयोग विद्ययेक– २०७७ र भौतिक पूर्वाधार विकास सम्बन्धि विद्ययेक–२०७७ र तथ्यांक तथा अभिलेख विद्ययेक–२०७७ पेस गरिएका थिए । कोहलपुर नगरपालिकाका विद्ययेक समितिका संयोजक तथा कार्यालिका सदस्य भिम बहादुर नेपालीले दोस्रो बैठकले सबै विद्ययेक पास गरेको जानकारी दिए । आइतबार बैठकमा थप तीन वटा नीतिहरु प्रस्तुत गरिएको उनले बताए । कार्यपालिका सदस्य नेपालीका अनुुसार बाल संरक्षण नीति,स्वास्थ्य नीति र अपांगता भएका व्यक्तिहरुको नीति सभामा प्रस्तुत गरिएको हो । यस्तै दोस्रो बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

मेयर कप र उप–मेयर कप प्रतियोगिता फागुन महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको हो । यस्तै कोहलपुर नगरपालिका भित्र वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणका लागि नम्बरी जग्गा दान गरेका दाताहरुको शालिक निर्माण गर्ने निर्णय भएको उनको भनाइ छ । वडा नम्बर ६ र ७ मा जग्गा उपलब्ध गराएका व्यक्तिहरुको ती शालिक गरिनेछ । उक्त अवसरमा आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले कोहलपुर नगरपालिकाको बेरुजु सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

आठौँ नगरसभाको दोस्रो बैठकमा पनि समसामयिक विषयमा सभासदहरुले आफ्ना राय प्रस्तुत गरेका थिए । सभामा कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तथा सभासद रेशम बहादुर खत्रीले कोहलपुर नगरपालिका लेखा तथा शुसासन समिति गठनको माग गरेको उनले मिसन टुडे दैनिकलाई बताए । संविधानमा स्थानीय सरकारलाई २२ वटा अधिकार दिएको छ ।

कोहलपुर नगरपालिकामा अहिले सम्म १५ वटा ऐन निर्माण भइसकेको छ । थप ५ वटा विद्ययेक सभामा पास भएका हुन् । अब एकल अधिकारका दुई वटा ऐन मान्न बाँकी रहेको छ । अब आठौँ नगरसभाको तेस्रो बैठक माघ २७ गते बस्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार