शिवु खनाल
दाङको राजपुर गाउँपालिका वडा नम्बर २ जनज्योती माध्यमिक विद्यालय मटेरीयाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह विजयी भएको छ । उक्त समूहको नेतृत्व गरेका अमरराज गिरीको प्यानल अत्याधिक मत प्राप्त गरि विजय प्राप्त गरेको हो ।
शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह उम्मेदवार र (नेकपा) केपी समूह तथा कांग्रेसको संयुक्त प्यानल उम्मेदवारहरु बीच भएको जनज्योती माध्यमिक विद्यालय मटेरीयाको विद्यालय व्यवस्थापन समितिको चुनावमा (नेकपा) केपी समूह र कांग्रेसको संयुक्त प्यानलले ३९ मतले लज्जास्पद हार व्यहोर्नुपरेको हो ।
निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार जम्मा ७ सय २५ अभिभावकहरु मध्ये ६ सय ५८ जना अभिभावकहरु विद्यालयमा उपस्थित भइ मतदान गरेका थिए । चुनावी मैदानमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका उम्मेदवार अमरराज गिरीले ३ सय ३६ मत प्राप्त गरेका हुन् । यस्तै रामप्रसाद यादवले ३ सय २३,सिमा विकले ३ सय २१,सिमा चौधरीले ३ सय २७ मत प्राप्त गरी अत्याधिक मतले विजय भएका हुन् ।
यस्तै केपी समूह र कांग्रेसको संयुक्त प्यानलका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत, मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय सय ९३ मत प्राप्त गरेर पराजित भएको निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । यस्तै सय ५५ मत मध्ये नौवटा मत बदर भएका छन् ।
यसअघि विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति विद्यालयमा कार्यरत विद्यार्थीका अभिभावकहरुले चुनेर नयाँ कार्यसमिति चयन गर्दै आएका थिए । विद्यालयको ५८ औँ अभिभावक पहिलो भेला माघ ४ गते र दोस्रो भेला माघ १५ गते नयाँ कार्यसमिति चयनको लागी बोलाइएको थियो । दुबैपक्ष बीच अभिभावक भेलाबाट सहमति नभएपछि चुनावमा जाने निर्णय गरेको जनज्योती माध्यमिक विद्यालय मटेरीयाका प्रधानध्यापक केशवराम यादवले बताए ।









प्रतिक्रिया दिनुहोस्