दिनेश रैदास , दाङ
राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको आयोजनामा वडा नम्बर १ स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले बेमराज खनालको अध्यक्षतामा एक सल्लाहकार सहित आठ सदस्यीय वडा कमिटी गठन गरेको छ।
जसको उपाध्यक्षमा नमराज शर्मा,सचिव नारायणी कालाथोकी, कोषाध्यक्षमा डोरा प्रसाद पार्देलाई चयन गरिएको छ ।सदस्यहरुमा जिवा भण्डारी, दिलबहादुर चौधरी र कृष्णा बानियाँ चयन भएका छन् । पुराना कम्युनिष्ट नेता थम बहादुर थापालाई सल्लाहकारमा चयन गरेको छ। कार्यक्रममा राजमो राजपुर एरिया कमिटीका सल्लाहकार नवराज शर्माले स्वागत मन्तव्य राखेका थिए ।
प्रकाशित मिति : २०७७ माघ २५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्