मधुर पौडेल, बाँसगढी,
बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा रहेको ॐ केदारेश्वर धामको सरसफाई गरिएको छ । शनिबार बाँसगढी नगरपालिकामा सञ्चालन भइरहेको एक तालिमका सहभागी युवाहरुद्धारा बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित ॐ केदारेश्वर धाम क्षेत्रको सरसफाई गरिएको हो । बाँसगढीमा युराशिया रेयुकाई ११ औँ शाखा र प्रयास नेपाल तथा बाँसगढी युवा मञ्चद्धारा संयुक्त रुपमा आयोजना गरिएको ७ दिने व्यक्तित्व विकास,नेतृत्व विकास र उद्घोषण तालिम लिइरहेका युवाहरुले मन्दिर परिसरमा सरसफाई गरेका हुन ।
मिसन टुडे दैनिकसँग कुरा गर्दै बाँसगढी युवा मन्चका अध्यक्ष मदन भण्डारीले सफा बाँसगढीको कल्पना सहित दैनिक पर्यटक तथा भक्तालुहरुको भीड हुने मन्दिरमा सरसफाई गरिएको हो । उनले तालिममा सहभागी युवाहरुलाई तालिम, नेतृत्व विकासका साथै सामाजिक कार्यमा समेत उत्प्रेरित गराउनको लागि सरसफाई गर्न लगिएको जानकारी दिए ।
‘हामीले सुन्दर नेपालको कल्पना गर्नुपर्छ ।सुन्दर बाँसगढी हाम्रो सपना छ ।हरेक व्यक्ति सामाजिक कार्यमा जोडिन सम्भव छ । सबै नागरिकलाई सरसफाई सम्बन्धी जागरण गराउन सकिन्छ की भन्ने हाम्रो उद्देश्य हो ।’ अध्यक्ष भण्डारीले भने । यता सातदिने तालिमको पाँचौ दिनसम्म नरेश कुमार मल्लले प्रशिक्षकको रुपमा काम गरेका थिए । शनिबारदेखि भने प्रशिक्षकको रुपमा उविराज आचार्य आएका छन् ।









प्रतिक्रिया दिनुहोस्