कर्णालीमा तेस्रो पटक हिमपात



जुम्ला 

कर्णालीका उच्च हिमाली जिल्लामा लामो समय पछि बिहीबार रातीदेखि हिमपात भएको छ । कर्णालीका उच्च हिमाली जिल्लाहरु, जुम्ला, मुगु, डोल्पा र हुम्लामा लामो समयपछि हिमपात भएको हो । कर्णाली यो सहित तेस्रोपटक हिमपात भएको हो । लामो समयपछि हिउँ पर्दा कर्णालीका किसान खुसि भएका छन् ।

बिहीबार विहानदेखि ती जिल्ला बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनसमा झरेको छ । तेस्रो पटक भएको हिमपातले कर्णालीका किसान खुसी भएका हुन् । हिउ नपर्दा किसानहरुले हिउँले बाली उत्पादनमा ह्रास आउने आंकलन गरेका थिए । उच्च भु–भागमा बाक्लो हिउँ परेपनि गाउँबस्तीमा भने सामान्य हिउँ थियो । माघको तेस्रो साता बितिसक्दासम्म हिमपात नहुँदा चिन्तित भएका किसानहरुले खुसी भएको बताएका छन् ।

हुम्ला जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात र दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यस्तै मुगुमा समेत शुक्रबार साँझ सम्म पनि हिमपात भइरहेको थियो । हिमपातले त्यहाँको जनजीवन निकै कष्टकर बनेको मुगुका पत्रकार नन्द बहादुर रोकायाले जानकारी दिएका छन् । त्यस्तै जुम्ला भन्दा हुम्ला,मुगु र डोल्पामा भने बाक्लो हिउँ परेको छ ।

हिउले मुगुको राराको सौन्र्दयलाई झनै बढाएको छ । अब त्यहा घुम्ने आन्तरिक पर्यटक बढ्नछन् । स्थानीय मान बहादुर ऐडीले हिउँ पर्दा आफूहरुलाई निकै खुसी लागेको बताए ।

उनका अनुसार लामोसमयपछि हिउँ पर्ला बालीहरुले सप्रिने भएकोले निकै खुसी लागेको हो । कृषि विकास कार्यालयका प्रमुख बालक राम देवकोटा पनि हिउँले किसानलाई थोरै भएपनि राहत मिलेको बताउँछन् । अझै उच्च भुभागहरुमा हिमपात जारी छ । भने बादल भरिएको र चिसो बढेकोले हिमपात जारी रहने सम्भावना छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार