सूचना व्यवस्थापन प्रणालीको स्थापना गरिदै



नेपालगन्ज :

डुडुवा गाउँपालिकामा मानवअधिकारसँग जोडिएका विभिन्न विषय अन्र्तगतका सूचनाहरुलाई अनलाइन प्रणालीमा व्यवस्थापन गरिने भएको छ । मानवअधिकार कार्यान्वयन अनुगमनका लागि गाउँपालिका सूचनाहरुलाई अनलाइन प्रणाली व्यवस्थापन गरिने भएको हो ।

मानवअधिकार अन्र्तगत संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, महिला, बालबालिका, सामाजिक सुरक्षा, अपराध पिडित, जातीय छुवाछुत लगायतका विभिन्न मौलिक अधिकारको कार्यान्वयन सम्बन्धी तथ्यांकहरु समेटिने गरि अनलाइन सूचना व्यवस्थापन प्रणाली विकास गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा मंगलबार मानवअधिकार सूचना व्यवस्थापन प्रणालीका बारेमा अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरणमा स्थानीय तहका विभिन्न सूचना विवरणलाई अद्यावधिक गरि उक्त प्रणालीमा राखिने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनका अनुसार यो प्रणालीले गाउँपालिकाका प्रत्येक सूचना विवरण खोज्न, प्रयोग गर्न र पालिकाको योजना निमार्ण लगायतमा सहयोग पुग्ने छ ।

अभिमुखीकरणलाई एफ एचआईका मानवअधिकार सल्लाहकार सन्तोष सिग्देल र युथ इन्नोभेसन ल्याबका कम्प्युटर इन्जिनियर विप्लव अधिकारीले सहजीकरण गरेका थिए । अभिमुखीकरण पश्चात पालिकालका विभिन्न शाखाले तथ्याक संकलन गरि प्रणालीमा व्यवस्थापन गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार