सुनको मूल्य तोलामा ४ सयले घट्यो



काठमाडौं ।

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ।

बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार