कोहलपुर ।
च्याम्पियन स्पोर्ट क्लबको आयोजनामा बाँकेको प्रथम पुरुष खुल्ला पुरुष प्रतियोगिता हवल्दारपुरमा भोलीबाट सुरु हुदैछ । प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गर्ने अवधि आज साँझ सम्म मात्रै रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले आज छिटो भन्दा छिटो टिम दर्ता गर्न क्लवका अध्यक्ष निर्मल विष्टले जानकारी दिए । उनका अनुसार अहिले सम्म ९ वटा टिम दर्ता भइसकेका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष भलिबल टिमका् पनि सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था भएको उनले बताए । प्रतियोगितामा १४ वटा टिमलाई सहभागी गराउने लक्ष्य लक्ष्य छ । कार्यक्रम संयोजक सुधन कुमार गुरुङ्गले पुरुष भलिबल प्रतियोगिताको लागि अनुमानित लागत २ लाख ४९ हजार ९ सय पँचास रहेको जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक बन्नका लागि २५ हजार, सह–प्रयोजक बन्नका लागि १५ हजार र प्रायोजक बन्नका लागि ४ हजार रुपैयाँको दर तोकिएको बताए । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्