शिवु खनाल ।
राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा प्रशिक्षण कार्यक्रम भेला कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीले आयाेजना गरेको प्रशिक्षण कार्यक्रम भेला शुक्रबार सम्पन्न भएको हाे ।
भेलालाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य, मेटमणी चाैधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैकाे पर्खाइमा नबस्न आग्रह गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीले आयाेजना गरेकाे प्रशिक्षण भेला कार्यक्रमलाई सम्बाेधन गर्दै सदस्य चाैधरीले पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खाेज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,-। `संकटको घडीमा सामना गर्नुपर्ने समय आएकाे छ । प्रधानमन्त्री केपी वलिले कुठाराघात गर्ने काम गरेको छन् ।´ यस विरूद्वमा हामी एकजुट भएर लाग्न सदस्य चाैधरीले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटी अध्यक्ष धर्मराज अधिकारीकाे सभापतित्व एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा केन्द्रीय इन्द्रजित चाैधरी, प्रदेश सचिवालय सदस्य लिला शर्मा, प्रदेश सचिवालय सदस्य क्षेत्र नम्बर १ इञ्चार्ज लुमाकान्त न्पाैपाने केन्द्रीय सदस्य दामा शर्मा,नारायणी शर्मा, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भुवण्डव केसी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैसी लगायतले बाेल्नु भएको थियोे ।।









प्रतिक्रिया दिनुहोस्