कन्टेनरमा कार ठोक्किदा भिषण आगलागी, ५ जनाको जलेर मृत्यु



कन्टेनरमा कार ठोक्किँदा जलेर ५ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश आगरामा मंगलबार बिहान ४ बजेतीरको समयमा विपरित दिशाबाट आइरहेको कन्टेनरमा कार ठोक्किँदा भिषण आगलागी भएको थियो भने ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मृतक सबै लखनऊका रहेको बताइएको छ । भने उनीहरु कारमा दिल्ली गइरहेको आजतक पत्रिकाले लेखेको छ ।

उक्त दुर्घटनामा कार जलेर उनीहरुको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा एक बालक, एक महिला र तीन पुरुष रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ७ गते मंगलबार