राप्रपा बाँके अध्यक्ष पौडेल भन्छन्, ‘यो राजतन्त्र फर्किने संकेत हो’



नरेन्द्र पौडेल ।

अध्यक्ष राप्रपा बाँके

यसलाई नेकपा आन्तरिक कलहको एक उदाहरणका रुपमा लिन सकिन्छ । सरकारको नेतृत्वमा रहेका केपी ओलीले पार्टीको विवाद सुल्झाउनको साटो यो कदम लिए । यो हालको परिस्थितिको उपज हो ।

अन्य राजनीतिक पार्टीको लागि सकारात्मक कुरा हो । चुनाव समेत तोकिएको छ । हाम्रो पार्टी चुनावमा जान्छ । हामी नयाँ जनादेशका साथ अघि बढ्छौं । अर्कातिर हाम्रो पार्टी अहिले पनि हिन्दु राज्यको लागि आन्दोलन मै छ ।

एक चरणको आन्दोलन सकिएको छ । फेरी आगामी पुष १२ बाट हाम्रो पार्टी राजतन्त्रका पुनर्वहालीको माग गर्दै अघि बढिरहेको छ । हामी देशव्यापी आन्दोलनको तयारीमा समेत छौं ।

केन्द्रीय समितिको निर्णय अनुसार बाँके जिल्लामा समेत गतिविधिहरु हुन्छन् । यो राजा र राजतन्त्र फर्किने संकेत पनि हो । यो कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार