संसद विघटनको सिफारिस बुझाएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन्।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् ।
ओलीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिस बुझाएको र आगामी चुनावको सम्भावित मितिबारे पनि कुरा गरेको बताइएको छ । तर यसबारे राष्ट्रपति कार्यालयबाट अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार










प्रतिक्रिया दिनुहोस्