कोहलपुर ।
समाज सेवा संस्था नेपाल कोहलपुरको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संस्थाको ४ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट चयन भएका केन्द्रीय समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा संस्थालाई महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता लोक बहादुर शाहले पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा एक्सन एड नेपाल र संस्थाका पुर्व कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको अध्यक्ष विनोद थापाले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर नेपालगजका न्यायधिश केशवराज जोशीलेसमाज सेवा संस्थाले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको बताए । उनका अनुसार समाजमा रहेका विभिन्न विकृति,विसंगति न्युनिकरणका साथै जनचेतनता फैलाउने कुरामा राम्रो काम गर्दै जानेछ।
यस्तै कोहलपुर नगरपालिका विधायक समितिका संयोजक भिम बहादुर नेपालीले समाज सेवा संस्था नेपालले कोहलपुर नगरपालिका भित्र सुचना प्रवाहको क्षेत्रमा खेलेको भुमिका खेलेको छ । अध्यक्ष थापाले छोटो समयमा सबै क्षेत्रका सरोकारवालासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग पाउने आशा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्