कोहलपुर ।
घुस रकमसहित मालपोत कार्यालय तुलसीपुर दाङका दुई कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले शुक्रबार घुस रकमसहित दुई कर्मचारीलाई पक्राउ गरेको हो ।
घुस रकम माग गरेको उजुरीको आधारमा नेपालगञ्जबाट पुगेको आयोगको टोलीले शुक्रवार मालपोतका दुई कर्मचारीलाई पक्राउ गरेको थियो ।
अख्तियार नेपालगञ्जका अनुसार ३ लाख २० हजार रुपैयाँ सहित पक्राउ पर्नेमा नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् ।
दुवै जनाले जग्गा नापजाँच गरि लालपूर्जा बनाई दिने भन्दै सेवाग्राहीबाट रकम माग गरेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको अख्तियार नेपालगञ्जले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मंसिर ६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्