योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धी अन्तक्रिया



सल्यान ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार भएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, युवा मञ्च र सामुदायीक समुहका सदस्य लगायतको बीच सहभागितामूलक योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

दलित विकास समाजका जिल्ला संयोजक गुमानसिंह नेपालीले नागरिक र सरकार बीचमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । यस्तै कार्यक्रममा सहभागि भएका व्यक्तिहरुले गाउँपालिकाले योजना छनौट प्रक्रियामा जनसहभागीता बनाएपनि माग गरेका योजनाहरु नपरेको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बस्ती स्तरमा छलफल, परामर्शद्वारा सबै नागरिकहरूलाई समस्याको पहिचान, परियोजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गरिरहेको बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुको सहभागीता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ५ गते शुक्रबार