कोहलपुर ।
महाकालीदेखि मेचीसम्मको साइकल यात्रामा निस्कीएका साइकल यात्रीलाई बाँकेको कोहलपुरमा शनिबार स्वागत गरिएको छ । विश्व साईकल यात्री पुस्कर शाहको नेतृत्वमा महाकालीदेखि मेचीसम्मको साइकल यात्रामा निस्कीएका उनीहरुलाई स्वागत गरिएको हो । ‘नेपाल साइकल उत्सव’ अभियान अन्तर्गत २४ दिने यात्रामा निस्कीएका यात्रीहरुलाई स्वर्गद्धारी साइकिलिङ्ग क्लबले कोहलपुरले स्वागत गरेको
थियो ।
कोहलपुरमा चौराहमा आयोजित कार्यक्रममा बोल्दै विश्व साइकिल यात्री शाहले महाकालीदेखी पूर्वसम्मको २४ दिने साइकिलिङ्ग यात्राले आन्तरिक पर्यापर्यटनमा सहयोग मिल्ने बताएका थिए । ‘कोहलपुरको स्वर्गद्धारी साइकिलिङ्ग क्लवको उत्साहले देशभरका साइकिलिङ्ग यात्रीहरुलाई जोड्ने काम गरेको छ’ उनले अगाडि थपे, ‘ आफ्नो स्वास्थ्यलाई पनि फाइदा पु¥याउने भएकाले पनी यो अभियान सुचारु गरिएको हो ।’
स्वर्गद्धारी साइकिलिङ्ग कोहलपुरका संरक्षक केशर बहादुर आलेले २४ दिने यात्रामा हिडेका साईकल यात्रीहरुलाई शुभकामना दिदै साईकल यात्रीहरु दिन प्रतिदिन बढेको र साइकिलिङ्ग यात्राले शारिरिक रुपमा स्वस्थ हुन मद्धत मिलेको दाबी गरे । पहिलो दिन बुधबार कञ्चनपुरको दोधारा चाँदनीबाट सुरु भएको साइकल यात्रा मसिंर ९ गते झापाको काँकडभित्ता पुगेर सम्पन्न हुनेछ ।
यात्रामा १३ जना साइकल यात्री सहभागी रहेको विश्व साइकल यात्री शाहले जानकारी दिए । बिभिन्न सहरहरूमा थप साइकल यात्रीहरूको पनि सहभागिता हुने जनाइएको छ । नेपाल साइकल यात्राले शिथिल बनेको पर्यटन व्यवसाय फेरि तंग्रिन सहयोग गर्ने नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले जानकारी दिए । साइकल यात्राको टोलीलाई धनगढीमा स्वागत गर्दै उनले कोरोना सङ्क्रमणले धराशायी बन्दै गएको पर्यटन व्यवसाय चाडै माथि उठ्ने समेत विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्