‘पावरवाला चश्मा’मा आश्मादेखि एन्जिलासम्म



काठमाडौं ।

अभिनेत्री आश्मा गिरी अभिनित ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीत भिडियो सहित सार्वजनिक भएको छ ।

नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा आश्माको अलवा सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेतको समेत अभिनय रहेको छ ।

प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द तथा संगीत भीम बिसीको छ । भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् ।

सियोन श्रेष्ठको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा दुई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव देखाउन खोजिएको छ ।

भिडियोमा गायक प्रताप र गायिका एन्जिला समेत देखिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार