काठमाडौँ ।
हिन्दु नेपालीहरुको महान पर्व दसैँपछि नेपालको सुनचाँदी बजार खुलेको छ।
बजार खुलेसँगै सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ। सुन ताेलामा एक हजार रुपैयाँ सस्ताे भएकाे हाे।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्