गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय



काठमाडौं ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।

आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।

यस्तो छ सूचना:

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार